Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

स्वतन्त्र प्रेसका लागि सरकार प्रतिबद्ध : शिक्षामन्त्री पौडेल

स्वतन्त्र प्रेसका लागि सरकार प्रतिबद्ध : शिक्षामन्त्री पौडेल


  • 5.7K
    Shares

    स्वतन्त्र प्रेसका लागि सरकार प्रतिबद्ध : शिक्षामन्त्री पौडेल

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले अभिव्यक्ति स्वतन्त्रताका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले प्रेसको गरिमा राख्‍न पत्रकार सचेत बन्नुपर्ने बताए । 

    नेकपा माओवादी केन्द्र निकट पत्रकार प्रेस सेन्टर नेपाल बागलुङको पाँचौ सम्मेलन मंगलबार उद्घाटन गर्दै पौडेलले अनलाइन क्षेत्रमा बढ्दो दुरुपयोग रोक्न पत्रकारहरुकै सक्रियता चाहिएको बताए । उनले अभिव्यक्ति स्वतन्त्रताको नाउँमा कसैको चरित्रसँग नखेल्ने पत्रकारिता चाहिएको बताए ।

    ‘प्रेसको साथ र सहयोगले नेपालमा गणतन्त्र स्थापनामा सहयोग पुग्यो, धेरै कमीकमजोरी सच्याउन पनि प्रेसले साथ दिएको छ,’ मन्त्री पौडेलले भने, ‘चुनौती समाधानमा पनि पत्रकारले दिएको सुझाव हामी पालना गर्छौ ।’ स्वतन्त्रताको नाउँमा अनलाइन र केही पत्रपत्रिकामा आउने मनोमानी समाचार र अपुष्ट सूचनाले पत्रकारिताको बदमान गराएको उनले टिप्पणी गरे ।

    नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका उनले पत्रकारको समस्या सम्बोधन गर्न मन्त्रिपरिषद्मा समेत एजेण्डा बनाउने बताए ।

    उनले गणतन्त्र सुहाउँदो शिक्षा र प्रविधिको विकास गर्न सरकार प्रतिबद्ध भएको समेत बताए । उनले शिक्षा क्षेत्रलाई आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्ने पनि बनाउन लागेको बताए । त्यसका लागि शिक्षा क्षेत्रका नीतिगत सुधार मार्फत कार्यक्रम पनि सञ्चालन गर्ने बताए । उनले मंगलबार बागलुङस्थित शिक्षा विकास तथा समन्वय इकाइमा पनि अनुगमन गरेका थिए । उनले जनताको काममा चुस्तता र शिक्षाको विकासमा सरकार निरन्तर खटिने बताए ।

     

    प्रकाशित मिति :कार्तिक १६ २०७८ मंगलवार - १६:५५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij