Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

लोकसेवा आयोगले संघीय संसदमा आवश्यक उपसचिवका लागि लिएको लिखित परीक्षामा सबै ‘फेल’

लोकसेवा आयोगले संघीय संसदमा आवश्यक उपसचिवका लागि लिएको लिखित परीक्षामा सबै ‘फेल’


  • 5.3K
    Shares

    लोकसेवा आयोगले संघीय संसदमा आवश्यक उपसचिवका लागि लिएको लिखित परीक्षामा सबै ‘फेल’
    images

    लोकसेवा आयोगले आन्तरिक प्रतिष्प्रर्धातर्फ खुलाइएको संघीय संसदको उपसचिव पदमा लिएको परीक्षामा कुनै पनि उम्मेदवार उतीर्ण हुन सकेनन् ।
    आयोगले सामान्य प्रशासन, परराष्ट्र, राजश्व, लेखा, लेखापरीक्षण, संघीय संसद सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीको उपसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दा अन्य सेवातर्फ लिइएको लिखित परीक्षामा परीक्षार्थीहरु उत्र्तीण भएको भए पनि संघीय संसदको परीक्षामा कोही उत्र्तीण भएका हुन् ।

    आयोगले प्रशासन सेवाबाट २५,राजश्व उपसमुहतर्फ ४,परराष्ट्र सेवातर्फबाट १ जना, लेखापरीक्षण समुहतर्फ १ जना र संघीय संसदतर्फ तीन जना गरी आन्तरिक प्रतिष्प्रर्धाबाट ३४ जनाको विज्ञापन खोलिएकोमा १९८५ जना लिखित परीक्षामा सहभागी रहेको लोकसेवा आयोगले जनाएको छ । जसमध्येबाट ६८ जना अन्तरवार्ताका लागि छनौंट भएका छन् ।

    जसमध्ये प्रशासन सेवा,सामान्य प्रशासन समूहबाट २५ जना माग भएकोमा ९६३ जना लिखित परीक्षामा सहभागी भएकोमा ३२ जना अन्तरवार्ताका लागि छनौट गरिएको छ । यस्तै प्रशासन सेवा लेखा उपसमूहतर्फ ५ जना मागिएको लिखित परीक्षामा ३४७ जना सम्मिलित थिए । जसमध्ये १४ जना अन्तरवार्ताका लागि छनौट भएका छन् । यस्तै लोकसेवाका अनुसार,प्रशासन सेवाकै राजश्व उपसमुहतर्फ ४ जना माग गरिएकोमा ५६२ जना लिखित परीक्षामा सहभागी थिए । जसमध्ये अन्तवार्ताका लागि १६ जना छनौट भएका छन् ।

    यस्तै परराष्ट्र सेवातर्फबाट १ जना माग भएकोमा लिखित परीक्षामा ७७ जना छनौट भएका थिए जसमध्ये अन्तर्वार्ताका लागि ३ जना छनौंट भएका छन् । लेखापरीक्षण समुहतर्फ १ जना माग भएकोमा लिखित परीक्षामा ३४ जना सहभागी भएका र तीमध्येबाट अन्तर्वार्ताका लागि ३ जना छनौंट भएका छन् ।

    यस्तै संघीय संसदतर्फ तीन जना माग भएकोमा लिखित परीक्षामा २ जना सहभागी रहे पनि कोही पनि पास नभएको र असफल भएका लोकसेवा आयोगले जनाएको छ । आयोगले राजपत्रांकित द्धितीय श्रेणीको ३ पदका लागि २०७८ भदौ ८ र १८ गते परीक्षा लिएको थियो ।

    123.jpg

    प्रकाशित मिति :कार्तिक १५ २०७८ सोमवार - १४:४७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij