Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

उपसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तरवार्ताका लागि छानिए यी ६८ जना (नामावलीसहित)

उपसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तरवार्ताका लागि छानिए यी ६८ जना (नामावलीसहित)


  • 6.9K
    Shares

    उपसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तरवार्ताका लागि छानिए यी ६८ जना (नामावलीसहित)
    images

    लोक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धातर्फ उपसचिव पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सामान्य प्रशासन, परराष्ट्र, राजश्व, लेखा, लेखापरीक्षण, संघीय संसद सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीको उपसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    प्रशासन सेवाबाट २५,राजश्व उपसमुहतर्फ ४,परराष्ट्र सेवातर्फबाट १ जना, लेखापरीक्षण समुहतर्फ १ जना र संघीय संसदतर्फ तीन जना गरी आन्तरिक प्रतिष्प्रर्धाबाट ३४ जनाको विज्ञापन खोलिएकोमा १९८५ जना लिखित परीक्षामा सहभागी रहेको लोकसेवा आयोगले जनाएको छ । जसमध्येबाट ६८ जना अन्तरवार्ताका लागि छनौंट भएका छन् ।

    जसमध्ये प्रशासन सेवा,सामान्य प्रशासन समूहबाट २५ जना माग भएकोमा ९६३ जना लिखित परीक्षामा सहभागी भएकोमा ३२ जना अन्तरवार्ताका लागि छनौट गरिएको छ ।

    यस्तै प्रशासन सेवा लेखा उपसमूहतर्फ ५ जना मागिएको लिखित परीक्षामा ३४७ जना सम्मिलित थिए । जसमध्ये १४ जना अन्तरवार्ताका लागि छनौट भएका छन् । यस्तै लोकसेवाका अनुसार,प्रशासन सेवाकै राजश्व उपसमुहतर्फ ४ जना माग गरिएकोमा ५६२ जना लिखित परीक्षामा सहभागी थिए । जसमध्ये अन्तवार्ताका लागि १६ जना छनौट भएका छन् ।

    यस्तै परराष्ट्र सेवातर्फबाट १ जना माग भएकोमा लिखित परीक्षामा ७७ जना छनौट भएका थिए जसमध्ये अन्र्तवार्ताका लागि ३ जना छनौंट भएका छन् । लेखापरीक्षण समुहतर्फ १ जना माग भएकोमा लिखित परीक्षामा ३४ जना सहभागी भएका र तीमध्येबाट अन्र्तवार्ताका लागि ३ जना छनौंट भएका छन् ।

    यस्तै संघीय संसदतर्फ तीन जना माग भएकोमा लिखित परीक्षामा २ जना सहभागी भएको र तीमध्ये अन्र्तवार्ताका लागि कोही पनि छनौंट हुन सकेका छैनन् ।

     

     

     

     

    प्रकाशित मिति :कार्तिक १५ २०७८ सोमवार - १३:१६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij