Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

कोरोना अपडेट : थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

कोरोना अपडेट : थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु


  • 3.2K
    Shares

    कोरोना अपडेट : थप ६७२  जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु
    images

    पछिल्लो २४ घण्टामा देशभर ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार १६७ र एन्टिजेन विधिबाट २३२८ जनामा भएको परीक्षणमा जम्मा ६७२ जनामा संक्रमण पुष्टि भएको हो । 

    यस्तै सोही अवधिमा ४९५ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् । हाल देशभर १० हजार ३७५ जना सक्रिय संक्रमित रहेका छन् । 

    स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ४३ लाख ९६ हजार ३४ नमुना परीक्षण भएका छन् । त्यसमध्ये ८ लाख १० हजार ८८० जनामा पोजेटिभ देखिएको छ ।

    त्यस्तै ६ लाख ५१ हजार २४९ जनामा एन्टिजेन परीक्षण गर्दा ९४ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर दुबै विधिको गरी हालसम्म ५० लाख ५४ हजार ९८३ जनामा परीक्षण गर्दा ९ लाख ५ हजार १८५ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ  ।

    मन्त्रालयका अनुसार संक्रमितमध्ये ७ लाख ८९ हजार १२५ जना निको भइसकेका छन् । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३८० जना पुगेको छ।  

    प्रकाशित मिति :कार्तिक १० २०७८ बुधवार - १६:५३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij