Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

भोलि सार्वजनिक बिदा दिने निर्णय

भोलि सार्वजनिक बिदा दिने निर्णय


  • 6.3K
    Shares

    भोलि सार्वजनिक बिदा दिने निर्णय
    images

    पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले विवाह पञ्चमीको अवसरमा मंसिर ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    कार्तिक २४ गते बसेको कार्यपालिका बैठकले विवाह उत्सव भव्यताका साथ सम्पन्न गर्नका मंसिर ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

    यस निर्णय अनुसार नगरपालिका मातहतका कार्यालय, सार्वजनिक विद्यालय तथा संघ संस्थामा सार्वजनिक बिदा हुने छ ।

    रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगर भित्र रहेका भगवान राम र सीतासंग सम्बन्धित ऐतिहासिक धार्मिक धार्मिक स्थलहरुको महत्व उजार गर्न यस वर्ष सीताकुण्डमा विवाह पञ्चमी भव्यताका मनाउन लागिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

    विवाह पञ्चमीको अवसरमा रामपुर नगरपालिका–३ सीताकुण्डमा राम–सीता विवाह उत्सवको तयारी भइरहेको छ । रामपुर नगरभित्र रामघाट, सीताकुण्ड, राम चुल्हो, राम्चे, राम कुवा लगायतका धार्मिक स्थलहरु रहेका छन् ।

    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - १८:०७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij