२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोकेका छन् । मुख्यमन्त्री यादवले ३ मन्त्री नियुक्त गरेका थिए । उनीहरूलाई मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरिएको हो ।
नेकपा एमालेबाट बिना विभागीय मन्त्री नियुक्त गरेका लखन दासलाई ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय, बिमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालय र कञ्चन विच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
२ मंसिरमा सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई कुनै पनि नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगराउन अन्तरिम आदेश दिएको थियो ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij