२०८२ मंसिर ८ गते सोमवार
निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले यात्रुलाई आकर्षित गर्न फेरि सस्तो टिकट अफर ल्याएको छ । यसअघि पनि पटकपटक विभिन्न अफर ल्याएको कम्पनीले दुई गन्तव्यको लागि सस्तो टिकट अफर ल्याएको हो ।
एयरलाइन्सले मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरी यी दुई गन्तव्यको टिकट सस्तो मूल्यमा किन्न सकिने जनाएको छ ।एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काठमाडौं–जनकपुर र काठमाडौं–भैरहवाको एकतर्फी टिकट १ हजार ३०० रुपैयाँमा किन्न सकिनेछ ।
यो अफर अक्टोबर २५ देखि २८ तारिख (कात्तिक ८ देखि ११ गते) सम्म लागू हुने एयरलाइन्सले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij