Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

मङ्सिर १ देखि बिजुलीको नयाँ महसुल दर लागु हुने

मङ्सिर १ देखि बिजुलीको नयाँ महसुल दर लागु हुने


  • 4.1K
    Shares

    मङ्सिर  १  देखि बिजुलीको नयाँ महसुल दर लागु हुने
    images

    काठमाडौँ । मङ्सिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने भएको छ । विद्युत् महसुल निर्धारण आयोगले नयाँ दर स्वीकृत गरिसकेको र बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको छ ।

    ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मंगलबार आयोजित एक कार्यक्रममा पनि मङ्सिरदेखि नयाँ दर लागु हुने जानकारी दिनुभएको छ ।

    मङ्सिर १ देखि सस्तो दरमा बिजुली दिँदै छौँ, उहाँले भन्नुभयो, “यो महसुलले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपतलाई बिजुली सस्तो बनाएको छ । ” उहाँले सरकारले साझा यातायातमार्फत ठूला विद्युतीय सवारी सञ्चालन गर्न खोजिरहेको पनि जानकारी दिनुभयो ।

    उहाँले नेपालले जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न स्वच्छ ऊर्जा प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । पछिल्लो समय असामयिक वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति बेहोर्नु परेको र ती पनि जलवायु परिवर्तनका असर रहेको भन्दै मन्त्री भुसालले यसको न्यूनीकरणमा सबै पक्ष संवेदनशील हुनु पर्ने औँल्याउनुभयो ।

    प्रकाशित मिति :कार्तिक १० २०७८ बुधवार - ११:५९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij