२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार ९ हजार ७७१ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोनाले थप ११ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको कूल संख्या ११ हजार ३७२ पुगेको मन्त्रालयले जनाएको छ । कोरोना निको भई थप ६२२ जना डिस्चार्ज भएका छन् । हालसम्म कूल ७ लाख ८८ हजार ६३० संक्रमित निको भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij