Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

महोत्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

महोत्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • 3.2K
    Shares

    महोत्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
    images

    महोत्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएकाे छ । बर्दिवास नगरपालिका–१ भप्सिपुलस्थित सडकमा ना.६ ख १३४० नम्बरको ट्रकले प्रदेश २–०२–००२ प १३४० नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बर्दिवास नगरपालिका–३ बस्ने ३० वर्षीय डिल्लीराम कटेलको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिवास हुँदै मेडिसिटी अस्पताल नख्खु ललितपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो।

    घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–१ बस्ने २८ वर्षीय मिलम श्रेष्ठको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको छ।  

    प्रकाशित मिति :कार्तिक ९ २०७८ मंगलवार - १३:३१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij