Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

लाइसेन्स आवेदन भर्दै हुनुहुन्छ ? यस्तो छ प्रश्न र उत्तरसहितको नयाँ पाठ्यक्रम

लाइसेन्स आवेदन भर्दै हुनुहुन्छ ? यस्तो छ प्रश्न र उत्तरसहितको नयाँ पाठ्यक्रम


  • 4.7K
    Shares

    लाइसेन्स आवेदन भर्दै हुनुहुन्छ ? यस्तो छ प्रश्न र उत्तरसहितको नयाँ पाठ्यक्रम
    images

    सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि यातायात व्यवस्था विभागले लिने लिखित परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ।

    लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ वर्ग ‘क’, ‘ट’ (एरके) मोटरसाइकलरस्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) काररजीपरडेलिभरी भ्यानका लागि २०७७ चैत १९ गते स्वीकृत भएको थियो। यो कार्यविधि निर्देशिका २०७८ जेठ १ गतेदेखि लागू भएको हो।

    मंगलबारदेखि नयाँ स्मार्ट लाइसेन्सका लागि आवेदन खुला भएको छ। लाइसेन्स परीक्षा पुनः सञ्चालनमा आएसँगै नयाँ पाठ्यक्रमका आधारमा लाइसेन्स परीक्षा लिइनेछ।

    उक्त निर्देशिकाको दफा ५९२० बमोजिम वर्ग ‘क’र‘ट’ (एरके) र वर्ग ‘ख’ (बी)को लागि लिइने लिखित परीक्षा प्रयोजनका लागि तयार गरिएको ५००र५०० वटा प्रश्नहरूको दुइटा संग्रह विभागले सार्वजनिक गरेको हो।

    अगामी दिनमा वर्ग ‘क’र‘ट’ (एरके) र वर्ग ‘ख’(बी)का लागि लिखित परीक्षा सञ्चालन गर्दा यिनै प्रश्न संग्रहबाट तोकिए बमोजिमका सबै विषय क्षेत्रबाट तोकिए बमोजिमको संख्यामा प्रश्नहरू रहने गरी प्रत्येक प्रश्नको ५ अंकका दरले २० वटा वस्तुगत प्रश्नहरू चयन गरी प्रश्नपत्र तयार गर्नुपर्नेछ ।

    विभागका अनुसार उल्लेखित प्रश्न पत्रमा संग्राहित प्रश्नहरु समय सन्दर्भ अनुसार संशोधन हुने सवारी ऐन तथा नियमावली, ट्राफिक नियम, विभागबाट जारी हुने नीति निर्देशन र सवारी साधनमा प्रयोग गरिने नयाँ नयाँ प्रविधिका आधारमा प्रश्न वार्षिक रूपमा अद्यावधिक गरिने छ।

    यस्तो छ प्रश्न र उत्तरसहितको नयाँ पाठ्यक्रम :

    प्रकाशित मिति :कार्तिक ९ २०७८ मंगलवार - १२:४७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij