२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १० हजार ८६४ नमुना परीक्षणमा ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ७७६ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ३ हजार ७७७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १० हजार ३६० रहेको छ ।
त्यसैगरी आज निको भएका ७७६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ८८ हजार ८ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३६१ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ करोड ५२ लाख ६८ हजार ७७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये पहिलो मात्रा खोप लगाउनेको संख्या ८६ लाख २१ हजार ४४९ रहेको छ भने दुवै मात्रा खोप लगाउनेको संख्या ६६ लाख ४७ हजार ३२२ पुगेको छ ।
नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, जापानीज ऐष्ट्राजेनेका र स्वीडिस ऐस्ट्राजेनिका नामक खोप लगाइएको छ । पछिल्लो २४ घण्टामा ५७ हजार ६१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij