Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

पाँचथर अपडेट: बस दुर्घटनामा ४ को मृत्यु

पाँचथर अपडेट: बस दुर्घटनामा ४ को मृत्यु


  • 4.7K
    Shares

    पाँचथर अपडेट:  बस दुर्घटनामा ४ को मृत्यु
    images

    झापा – पाँचथरबाट झापा आउँदै गरेको बस दुर्घटना हुँदा घाइते भएका चार जनाको मृत्यु भएको छ। उनीहरूको उपचारको क्रममा मृत्यु भएको पाँचथर फिदिमका पत्रकार खबिन लुइँटेलले जानकारी दिए।

    उनीहरूको नाम तथा ठेगाना खुलिसकेको छैन। घाइतेमध्ये अझै केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ। उनीहरूको पाँचथरको समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

    पाँचथरको फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाको बिर्तामोडका लागि छुटेको बस दुर्घटना भएको हो। को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुरमा सडकबाट झरेको हो। बसमा ५४ यात्रु थिए।

    प्रकाशित मिति :कार्तिक ८ २०७८ सोमवार - १३:५९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij