Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

तिहार अघि नै खुल्ला त शिक्षक सेवा ? यस्तो छ परीक्षामा हुने अबको नयाँ व्यवस्था !

तिहार अघि नै खुल्ला त शिक्षक सेवा ? यस्तो छ परीक्षामा हुने अबको नयाँ व्यवस्था !


  • 20.0K
    Shares

    तिहार अघि नै खुल्ला त शिक्षक सेवा ? यस्तो छ परीक्षामा हुने अबको नयाँ व्यवस्था !

    काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगलाई विज्ञापन खोल्न ग्रिन सिग्नल’ दिएका छन् । योसँगै आयोगले सबैभन्दा पहिले बढुवा, त्यसपछि स्थायीका लागि खुला प्रतियोगिता र अन्तिममा स्थायी अध्यापन अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

    आगामी २०७९ सालको नयाँ शैक्षिक सत्रको सुरुमा नयाँ नियुक्त भएका योग्य र उत्साहित शिक्षकलाई कक्षाकोठामा पठाउने आयोगको तयारी छ । यस्तै, शिक्षक सेवा आयोग (१० औँ संशोधन) नियमावलीले आयोगबाट लिइने प्रतियोगात्मक परीक्षाको लिखितमा एक सय अङ्कको सामान्य परीक्षा र एक सय अङ्कको विषयगत परीक्षाको व्यवस्था गरेको छ ।

    आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले अब पहिलो पटक नयाँ व्यवस्थाअनुसार परीक्षा सञ्चालन हुने जानकारी दिँदै भने, “सामान्य परीक्षामा उत्तीर्ण भएपछि मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाइनेछ ।” सामान्य परीक्षाको उत्तीर्णाङ्क ५० अङ्क कायम गरिएको छ । सो हासिल गरेकाले मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाउनेछन् । विषयगत परीक्षाको उत्तीर्णाङ्क ४० कायम गरिएको छ ।

    विषयगत परीक्षा पनि उत्तीर्ण भएमा प्रयोगात्मक र अन्तर्वार्तामा समावेश हुन पाइनेछ । लिखित परीक्षाको नतिजा सामान्य परीक्षा र विषयगत परीक्षाको अङ्क जोडेर सार्वजनिक गरिनेछ । प्रयोगात्मक परीक्षाका लागि २५ अङ्क र अन्तर्वार्ताका लागि २५ अङ्क कायम गरिएको छ । आयोगका सूचना अधिकारी मरहठ्ठाले सामान्य परीक्षा वस्तुगत हुने जानकारी दिए । प्रयोगात्मक परीक्षा विषयको प्रकृति हेरी आवश्यक ठानेमा आयोगले सञ्चालन गर्नेछ ।

    प्रयोगात्मक परीक्षा लिँदा आयोगले सम्बन्धित उम्मेदवारलाई त्यस्तो परीक्षाको लागि साधन उपलब्ध भएको अन्य कुनै कार्यालय वा संस्थामा पठाउन सक्ने व्यवस्था छ । त्यसरी प्रयोगात्मक परीक्षा लिँदा आयोगले सम्बन्धित विषयको विशेषज्ञको समेत सहयोग लिन सक्ने नियमावलीमा व्यवस्था गरिएको छ । आयोगले शिक्षामन्त्री देवेन्द्र पौडेलबाट आयोग खुला गर्न ‘ग्रिन सिग्नल’ पाइसकेको छ । अब आयोग तीन खाले परीक्षाको तयारीमा जुट्ने भएको छ । आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले आयोगले सबैभन्दा पहिले बढुवा, त्यसपछि स्थायीका लागि खुला प्रतियोगिता र अन्तिममा स्थायी अध्यापन अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गर्ने सोचाइ बनाइएको जानकारी दिए ।

    “आगामी २०७९ सालको नयाँ शैक्षिक सत्रको सुरुमा नयाँ नियुक्त भएका योग्य र उत्साहित शिक्षकलाई कक्षाकोठामा पठाउने सोच लिएका छौँ” उनले भने, “शिक्षा नियमावलीको नयाँ व्यवस्थाअनुसार सुरुमा सामान्य परीक्षा, त्यसपछि विषयगत परीक्षा र अन्तर्वार्ता लिनुपर्ने भएकाले आगामी चैतसम्ममा यी सबै काम गर्न समय निकै कम छ । तैपनि भ्याएसम्म वैशाखबाट नयाँ छनोट भएका शिक्षकलाई कक्षाकोठामा पठाउनुपर्छ भन्ने सोचेका छौँ । हेरौँ, सोचाइ कतिसम्म सफल हुनेछ ।”

    उनले स्थायी अध्यापन अनुमतिपत्र हातमा लिएका लाखौँ जनशक्ति खुला प्रतियोगिताको प्रतीक्षामा रहेको र तीमध्ये कतिपयको उमेर हदको समस्या पनि रहेको उल्लेख गर्दै थपे, “सकभर तिहार अगाडि नै आयोग खुला गर्ने योजना हो । नभ्याइए तिहार लगत्तै खुला हुनेछ ।” आयोगले निम्न माध्यमिक र माध्यमिक तहको खुला विज्ञापन प्रदेशस्तरीय प्रतियोगिताका आधारमा सञ्चालन गर्नेछ भने प्राथमिक तहको प्रतियोगिता जिल्लास्तरमा हुनेछ । विगतमा निम्न माध्यमिक र माध्यमिक तहको खुला विज्ञापन क्षेत्रीयस्तरमा सञ्चालन हुने गरेको थियो । यसैबीच आयोगले शिक्षामन्त्री समक्ष आग्रह गरेअनुसार शिक्षक सेवा आयोग नियमावलीमा संशोधन छिटै हुने विश्वास व्यक्त गरेको छ ।

    नियमावलीको १० औँ संशोधनमा शिक्षकलाई आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवा गर्दा लिइने लिखित परीक्षा र अन्तर्वार्ताको अङ्क विभाजन तथा अन्य व्यवस्था खुला प्रतियोगितात्मक परीक्षा सरह हुनेछ भनी उल्लेख भएको छ । आयोगले यस व्यवस्थालाई परिमार्जन गर्न खोजेको छ । आयोगका सूचना अधिकारी मरहठ्ठाले यो व्यवस्थाका कारण बढुवा गर्दा पनि सामान्य परीक्षा, विषयगत परीक्षा र अन्तर्वार्ता लिनुपर्ने अवस्था सिर्जना हुने बताउँदै भने, “त्यसैले यसलाई संशोधन गर्न चाहेका हौँ ।”

    उनका अनुसार आयोगले बढुवा प्रयोजनका लागि एक सय अङ्कको विषयगत लिखित परीक्षा, १५ अङ्कको अन्तर्वार्ता र १० अङ्कको अनुभवको अङ्क प्रदान गर्ने गरी संशोधनको प्रस्ताव गरिएको छ । शिक्षकको सुरुको नियुक्ति मितिले हरेक वर्षको एक अङ्कका दरले बढीमा १० अङ्कसम्म अनुभवको अङ्क प्रदान गरिनेछ । आयोगका अनुसार माध्यमिक तहका लागि एक हजार ५४४, निम्न माध्यमिक तहका लागि दुई हजार ५९४ र प्राथमिक तहका लागि १३ हजार ८५ गरी कुल १७ हजार २२३ रिक्त पदका लागि विज्ञापन आह्वान गरिनेछ । आयोगले लामो समयपछि पदाधिकारी पाएपछि शिक्षक सेवाले गति लिएको हो ।

    प्रकाशित मिति :कार्तिक ७ २०७८ आइतवार - १४:३४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij