Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

प्रहरी कार्यलयले जारी गर्यो चाडपर्व विशेष योजना, के–केमा लाग्यो प्रतिबन्ध ?

प्रहरी कार्यलयले जारी गर्यो चाडपर्व विशेष योजना, के–केमा लाग्यो प्रतिबन्ध ?


  • 5.3K
    Shares

    प्रहरी कार्यलयले जारी गर्यो चाडपर्व विशेष योजना, के–केमा लाग्यो प्रतिबन्ध ?
    images

    चाडपर्व नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ । योजनाअन्तर्गत विशेष गरी लामो दूरीका सवारी साधनमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि काम भइरहेको छ ।

    कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार लामो दूरीका सवारीमा हुनसक्ने आपराधिक क्रियाकलापलाई ध्यानमा राख्दै सादा पोसाकका तथा बर्दीका प्रहरी परिचालन गरिएको छ । उनीहरुले लामो दूरीका सवारी साधनमा हुने लुटपाट, चोरी र बढी भाडा लिने समस्या समाधानमा आउने कार्यालयले विश्वास लिएको उनले बताए । 

    यस्तै योजना कार्यान्वयनका क्रममा ६९ युनिटले आवश्यकताअनुसार आकस्मिक चेकजाँच, पिकेट कार्यक्षेत्रमा कडाइ, क्युआरटी टोलीलाई थप तथा परिचालन, आपराधिक घटना हुने क्षेत्रमा सादा पोसाकका प्रहरी परिचालनलगायत काम भइरहेका छन् ।

    थापाका अनुसार बाटो अवरोध भएमा खुलाउन स्ट्राइकिङ टोली र आवश्यक सहयोगका लागि मौजुदा टोलीसमेत तयारी अवस्थामा राखिएको छ ।यस कार्यका लागि जिल्लामा रहेका ७३७ प्रहरी जनशक्ति परिचालन गरिएको छ । चाडपर्व लक्षित सुरक्षा योजनाका कार्यक्रम नियमित हुने कार्यक्रमभन्दा फरक रहेको उनले बताए ।

    चाडपर्वमा हुनसक्ने विभिन्न घटनालाई मध्यनजर गर्दै जिल्लाका ३० स्थानमा चौबिसै घण्टा विशेष टोली परिचालन गरिएको उनले जानकारी दिए ।यस्तै चाडपर्वको समयमा अस्वाभाविक रुपमा हुने मूल्य वृद्धि र अखाद्य वस्तुको बिक्री वितरण हुन सक्ने सम्भावित जोखिमलाई कम गर्न स्थानीय प्रशासनसँगको सहकार्यमा बजार अनुगमनलगायतका काम भइरहेको छ ।

    प्रकाशित मिति :आश्विन २१ २०७८ बिहिवार - १२:१८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij