२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा नेपालका ५ खेलाडीहरू सूचीकृत भएका छन्।
सन्दीप लामिछाने क्याटेगोरी बीमा बीपीएलको ड्राफ्टमा, दीपेन्द्र सिंह ऐरी क्याटेगोरी डी मा पर्दा आसिफ शेख, गुलशन झा र सोमपाल कामी क्याटेगोरी ई मा समावेश भएका छन् ।
नेपाली टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेले यसअघि पनि विश्वभरका विभिन्न फ्रेन्चाइज लिगहरू खेलिसकेका छन् । उनी बीपीएलमा अनुबन्ध हुने बलिया दाबेदार हुन् ।
यी पाँच खेलाडीले अक्सनबाट कुनै टिमले अनुबन्ध गरेमा आगामी सिजनको बीपीएलमा खेल्ने मौका पाउनेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij