Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

‘पुरानै नेताहरुको पुनरागमनले देश डरलाग्दो द्वन्द्वतर्फ जाँदैछ’: घनश्याम भुसाल

‘पुरानै नेताहरुको पुनरागमनले देश डरलाग्दो द्वन्द्वतर्फ जाँदैछ’: घनश्याम भुसाल


  • 260
    Shares

    ‘पुरानै नेताहरुको पुनरागमनले देश डरलाग्दो द्वन्द्वतर्फ जाँदैछ’: घनश्याम भुसाल
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी पुनर्गठन अभियान) का नेता घनश्याम भुसालले जेनजी आन्दोलनको मुद्दालाई प्रमुख राजनीतिक दलका नेताहरूले नजरअन्दाज गरिरहेको आरोप लगाएका छन् । 

    नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) र नेकपा (एकीकृत समाजवादी पुनःगठन अभियान) एकता घोषणा कार्यक्रममा उहाँले फेरि समाजले रिजेक्ट गरेका पुरानै अनुहारहरु राजनितिमा सक्रिय हुने प्रयासमा लागिरहेको बताएका हुन् । फेरि राजनीतिक नेतृत्व पुरानै हातमा फर्कियो भने देश अर्को डरलाग्दो द्वन्द्वतर्फ जाने उनको दाबी छ । जेनजी आन्दोलनको अर्थ-राजनीतिक ओज धेरै गहिरो रहेको बताउनुहुँदै उनले यसलाई नबुझ्नु राजनीति पक्षबाट भयंकर नालायकी हुने उल्लेख गरेका छन् ।

    संविधान निर्माणपछि देशमा असाधारण राष्ट्रिय आकांक्षा बने पनि त्यही समय कम्युनिष्ट नेतृत्वले सही निर्णय गर्न नसक्दा जनतामा तिब्र निराशा पैदा भएको उनले बताएका छन् । उनका अनुसार शासन संयन्त्रका सबै तहमा जनताको विश्वास गुमेपछि जेनजी आन्दोलनको नाममा विद्रोह भएको बताएका छन्। 

    उनले भने, जेनजी आन्दोलनको अर्थराजनिति ओज धरै दूरगामी छ । धेरै गहिरो छ र धेरै शक्तिशाली छ । यसलाई बुझ्न सकिएन भने यो भयंकर ठूलो नालायकी हुनेछ । राजनितिले यसलाई नबुझ्नु भयंकर ठुलो नालायकी हुनेछ । अहिले देखिँदैछ की खासगरि पार्टीहरु, ठूला पार्टीका नेताहरुले त्यसलाई दरकिनार गर्दैछन् र हिजो समाजले रिजेक्ट गरेका, अस्वीकार गरेका, बहिस्कार गरेका तिनै मानिसहरु फेरि आफूभित्रको गुटबन्दी, गिरोहगिरि फेरि व्युँतिएर अब फेरि राष्ट्रिय राजनितिको लगाम उनीहरुले समाउने प्रयत्न गर्दैछन् । तत्काल हेर्दा कानुनी रुपले हेर्दा पार्टीको कानुनले हेर्दा वा संविधानले हेर्दाखेरी त्यो आफ्नो कुरा ढाकछोप गर्न, असली चेहरा ढाकछोप गर्न प्रयत्न गरेपनि यदी फेरि राजनिति तिनै पुरानाको हातमा गयो भने हामी अर्को डरलाग्दो द्वन्द्वतर्फ यो मुलुक जानेछ । अर्थतन्त्र अझै हाम्रो एक हिसावले एक तिहाई अर्थतन्त्र अस्ती भाँचिसकेको छ । यो एउटा राष्ट्रको हिसावले डरलाग्दो कुरा हो । अरु द्धन्द बढ्दै जानेछन् । हामी बहुपक्षिय द्धन्दतर्फ जानेछौँ । मुलुक असफलतातर्फ जानेछ ।’ 

    प्रकाशित मिति :मंसिर ११ २०८२ बिहिवार - १६:३७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij