Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष मृत भेटिए

नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष मृत भेटिए


  • 3.2K
    Shares

    नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष मृत भेटिए
    images

    काठमाडौं । नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । काठमाडौं–७, बुलबुलेमा निर्माणाधीन घरको अगाडि उनको शव भेटिएको हो ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले घरको चार तलामाथिबाट उनले हाम फालेको बताए । ‘नजिकै रहेको सीसी क्यामरामा उनी माथि गएको र झरेको दुवै कैद भएको छ’ सिंहले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

    प्रहरीले चतुर्वेदी डिप्रेसनको शिकार रहेको दाबी गरेको छ । तर उनले आफैंले किन हाम फाले भन्ने खुलेको छैन ।

    प्रहरीले चतुर्वेदीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी गरेको छ । उनी २९ भदौ २०६८ मा भ्रष्टाचारसम्बन्धी कसूरमा डेढ वर्ष जेल बसेका थिए ।

    प्रकाशित मिति :आश्विन २१ २०७८ बिहिवार - ११:५९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij