Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

दशैँ बिदामा घरजाने आफ्ना कर्मचारीलाई सेनाले बस र हेलिकप्टरबाट घरसम्म पुर्‍याउँदै (तालिकासहित)

दशैँ बिदामा घरजाने आफ्ना कर्मचारीलाई सेनाले बस र हेलिकप्टरबाट घरसम्म पुर्‍याउँदै (तालिकासहित)


  • 5.0K
    Shares

    दशैँ बिदामा घरजाने आफ्ना कर्मचारीलाई सेनाले बस र हेलिकप्टरबाट घरसम्म पुर्‍याउँदै (तालिकासहित)
    images

    काठमाडौं । नेपाली सेनाले दसैं बिदामा जाने सैनिक र तिनको परिवारलाई घरसम्म पुर्‍याउने व्यवस्था गरेको छ। सेनाले आफनै सवारी साधनमा बिदामा जाने सैनिकलाई घरसम्म पुयाउने व्यवस्था गरेको हो ।

    सोमबारदेखि विजयादशमीको भोलिपल्ट एकादशीको दिनसम्म सेनाले बिदा जाने बहालवाला सैनिक र तिनको परिवारलाई घरसम्म पुयाउने व्यवस्था गरेको जङ्गी अड्डाले जनाएको छ ।

    नजिक र ठूलो संख्यामा पुर्‍याउनु पर्ने ठाउँमा सेनाले आफ्नै बस चलाउने छ। यस्तै पहाडी र हिमाली जिल्लामा भने हेलिकप्टरबाट पुर्‍याउने व्यवस्था गरेको छ ।

    सडक सञ्‍जालको सहज पहुँच पुगेका स्थानहरुमा सवारी साधनबाटर सडक सञ्‍जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडीरहिमाली क्षेत्रहरुमा हवाई उडानबाट गन्तव्यमा पुरयाइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए ।

    हालसम्म सवारीसाधनबाट ५२० जना सैनिक र उनीहरुको परिवार घर पुगिसकेका छन् । यस्तै हवाई उडानमार्फत ८६ जनालाई पुयाइएको छ ।

    प्रकाशित मिति :आश्विन २० २०७८ बुधवार - १६:५५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij