२०८२ मंसिर ११ गते बिहिवार
पछिल्लो पुस्ताका चर्चित गायक तथा कलाकार प्रकाश सपूत रोयल पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। बुधबार राजधानीमा प्रेस भेला आयोजना गरी सपूतलाई रोयल पेन्ट्सले दुई वर्षको लागि अनुबन्धित गरेको जानकारी गराइएको हो।
कार्यक्रममा रोयल पेन्ट्सका प्रमुख प्रवेश भण्डारी र दूत प्रकाश सपूतबीच सम्झौता पत्रमा हस्ताक्षर गरियो। सम्झौता पत्र आदान-प्रदान पश्चात् सपूतले भने, "ब्रान्डसँग आवद्ध भएर काम गर्ने सानैदेखिको रहर हो। मैंले सामान्य अवस्थादेखि यहाँसम्म आउँदा समाजका विभिन्न रुप रंग देखेको छु। आफ्नो सृजनामा जस्तै जीवनमा पनि विभिन्न रंग छन्। संयोगवश यो एउटा रंगसँग जोडिन पाउँदा आफूलाई सौभाग्य ठानेको छु।"
आफ्नो सिर्जनाजस्तै प्रकाश सपूतले रोयल पेन्ट्सलाई पनि हरेकको मन मुटुमा पुर्याउने प्रमुख भण्डारीले विश्वास व्यक्त गरे। पेन्ट्सका फाइनान्स अफिसर चिरञ्जीवि पाण्डेले कार्यक्रममा स्वागत गर्दै पेन्टस्को बारेमा जानकारी दिए।
एक दशकदेखि देशभर सञ्चालनमा आएको रोयल पेन्ट्सको ब्रान्ड एम्बेसडरका रुपमा यसअघि पूर्व मिस नेपाल श्रृंखला खतिवडा सम्बद्ध थिइन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij