Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

काठमाडौं उपत्यकामा थपिए ४४० जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ४४० जना कोरोना संक्रमित


  • 3.3K
    Shares

    काठमाडौं उपत्यकामा थपिए ४४० जना  कोरोना  संक्रमित
    images

    काठमाडौं उपत्यकामा थप चार सय ४० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन सय ४४ जना, भक्तपुरमा ३५ जना र ललितपुरमा ६१ संक्रमित थपिएका हुन्।

    नेपालमा थप एक हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १५ हजार चार सय ६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

    ११ हजार एक सय ६५ जनाको पिसिआर परीक्षण र चार हजार ३ सय जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल १६ हजार १९४  जना सक्रिय संक्रमित छन्।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १६० पुगेको छ। ८९१ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। 

    प्रकाशित मिति :आश्विन २० २०७८ बुधवार - १६:४९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij