Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

पछिल्लो २४ घण्टामा ८४९ मा कोरोना पुष्टि, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८४९ मा कोरोना पुष्टि, १२ जनाको मृत्यु


  • 5.1K
    Shares

    पछिल्लो २४ घण्टामा ८४९ मा कोरोना पुष्टि, १२ जनाको मृत्यु
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर परीक्षणमा बुधबार थप ८४९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९९ हजार ६१५ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा थप ८९१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७२ हजार २२९ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ ।

    हालसम्म देशभर ४२ लाख ५६ हजार ८०३ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ४६७ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १६ हजार १९४ छ ।

    प्रकाशित मिति :आश्विन २० २०७८ बुधवार - १६:४४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij