Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

दशैंको मुखमै सडक आयोजना प्रमुख र इन्जिनियर किन फेरिए, को कहाँ पुगे ? (सूचीसहित)

दशैंको मुखमै सडक आयोजना प्रमुख र इन्जिनियर किन फेरिए, को कहाँ पुगे ? (सूचीसहित)


  • 4.4K
    Shares

    दशैंको मुखमै सडक आयोजना प्रमुख र इन्जिनियर किन फेरिए, को कहाँ पुगे ? (सूचीसहित)
    images

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत र सडक विभाग मातहतका विभिन्न सडक आयोजनाका प्रमुख, तथा इन्जिनियर र डिभिजन प्रमुख गरेर २८ जना कर्मचारी फेरिएका छन् ।

    गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिवस्तरीय निर्णयबाट मन्त्रालय र विभाग मातहतका  रहेका विभिन्न सडक आयोजना प्रमुख,  डिभिजन प्रमुख  र  इन्जिनियर गरेर २८ जना  कर्मचारी फेरिएका हुन् ।

    जसमा सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख निरज शाक्यको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीको योजना प्रमुखको जिम्मेवारीमा सरुवा भएको छ भने उक्त जिम्मेवारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतका सिनियर भिडिजनल ईन्जिनियर (सिडिई) रामपुकार जयसवाललाई पठाइएको छ ।

    यस्तै सडक विभाग पुल महाशाखामा कार्यरत सिडिई रामेश्वर लम्सालको सडक डिभिजन कार्यालय पाल्पामा डिभिजन प्रमुखको जिम्मेवारीमा सरुवा भएको छ । मन्त्रालयमातहतका सिडिई बलिराज मल्लको सडक डिभिजन कार्यालय बागलुङमा डिभिजन प्रमुखको जिम्मेवारीमा सरुवा भएको छ ।

    मन्त्राल मातहतका सिडिई सुदर्शन कार्कीको सडक डिभिजन कार्यालय विराटनगरको प्रमुखको जिम्मेवारीमा पठाइएको छ भने उक्त जिम्मेवारीमा रहेका पशुपति ज्ञवालीको ११ किलो–छेपेटार–भालुस्वारा–वारपाक सडक योजना प्रमुखको जिम्मेवारीमा पठाइएको छ ।

    सडक विभागका सिडिई अर्जुन सुवालको सडक डिभिजन कार्यालय दोलखाको डिभिजन प्रमुखमा सरुवा भएको छ भने उक्त जिम्मेवारीमा रहेका विजयकुमार महतोको एडीवी आयोजना निर्देशनालयको उप–आयोजना निर्देशकको जिम्मेवारी दिइएको छ ।

    सडक विभाग पुल महाशाखाका सिडिई दिपेन्द्र पाण्डेयको काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुखको जिम्मेवारीमा पठाइएको छ भने उक्त आयोजनामा काजमा रहेका गुरुप्रसाद अधिकारीको काज फिर्ता गरेर पाण्डेयकै ठाउँमा लगिएको छ ।

    मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका सिडिई नातिबाबु खड्काको बसतपुर कटहरिया वकागोठ पीप्रादी, गण्डक तहर सडक मलंगवा शहरी सडक योजना प्रमुखको जिम्मेवारीमा पठाइएको छ भने उक्त जिम्मेवारीमा रहेका राजेन्द्रप्रसा साहलाई सडक डिभिजन तुम्लीङटार डिभिजन प्रमुखमा पठाइएको छ ।

    मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयमा भने सडक विभाग पुल महाशाखाका सिडिई रमेशकुमार सिंहलाई पठाइएको छ । महाशाखामा रहेका सिडिई अमृतमणि रिमालाई सडक डिभिजन कार्यालय नुवाकोटको डिभिजन प्रमुखको जिम्मेवारीमा पठाइएको छ ।

    सडक विभागमा नै कार्यरत सिडिई दीप बाराहीको सडक डिभिजन कार्यालय डोटीमा डिभिजन प्रमुखको जिम्मेवारीमा पठाइएको छ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका सिडिई विष्णुप्रसाद चौलागाईको संघीय सडक सुपरिवेक्षण तथा अनुसन्धान कार्यालय काठमार्डौमा सरुवा भएको छ ।

    सडक विभाग योजना महाशाखा प्रमुख सिडिई राजेन्द्रप्रसाद साहको सडक डिभिजन कार्यालय तुम्लीङटार सरुवा भएको छ भने सडक विभागमा कार्यरत सिडिई विनोदप्रसाद सापकोटाको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा सरुवा भएको छ । केन्द्रमा रहेका थानेश्वर खत्रीको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखरामा सरुवा भएको छ ।

    मन्त्रालय मातहत कार्यरत सिडिई पारसमणी हमालको सडक विभागको पुल महाशाखामा सरुवा भएको छ भने उक्त जिम्मेवारीमा रहेका अविमन दासको सडक डिभिजन कार्यालय सुर्खेतको भिडिजन प्रमुखको जिम्मेवारीमा पठाइएको छ ।

    सडक डिभिजन कार्यालय धनकुटाका डिभिजन प्रमुख दानकुमार शाक्यको सडक विभाग पुल महाशाखामा सरुवा भएको छ । सरुवा हुनेमा सबैजसो राजपत्रांकित द्धितिय श्रेणी अर्थात उपसचिव र राजपत्रांकित तृतिय श्रेणी अधिकृत सरहका हुन् ।

    1.jpg

    2.jpg

    प्रकाशित मिति :आश्विन २० २०७८ बुधवार - १४:१७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij