Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कांग्रेसको पालिका अधिवेशन भोलिदेखि शुरू, जिल्ला अधिवेशन भने अन्योलमै

कांग्रेसको पालिका अधिवेशन भोलिदेखि शुरू, जिल्ला अधिवेशन भने अन्योलमै


  • 4.0K
    Shares

    कांग्रेसको पालिका अधिवेशन भोलिदेखि शुरू, जिल्ला अधिवेशन भने अन्योलमै
    images

    काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको पालिका अधिवेशन शनिवारदेखि शुरू हुने भएको छ । क्रियाशील सदस्यता विवाद टुंगिएर वडा अधिवेशन भइसकेका ६४ जिल्लामा शनिवारदेखि पालिका अधिवेशनको प्रक्रिया शुरू हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

    संसदीय दलको कार्यालय सिंहदरवारमा शुक्रवार बसेको कांग्रेस पदाधिकारी बैठकले वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा पालिका अधिवेशन रोक्न नहुने निर्णय गरेको हो । 

    ‘९ गतेका लागि निर्धारित पालिका अधिवेशन पूर्वनिर्धारित समयमा गर्न निर्देशन दिइसकेका छौं । असोज ९ गते नै हुन्छ, कहीँ उम्मेदवारी दर्ता होला कहीँ प्रक्रिया शुरू होला । स्थानीय आवश्यकता बमोजिम पार्टीसँग सल्लाह गरेर पालिका अधिवेशन शुरू हुन्छ,’ प्रवक्ता शर्माले भने । 

    प्रदेश सभाको क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन तथा जिल्ला अधिवेशन सकेसम्म एउटै मितिमा गर्ने गरी निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याउने कांग्रेसको तयारी छ । 

    प्रवक्ता शर्माले हिमाली जिल्लामा दशैं अगावै जिल्ला अधिवेशन सम्पन्न हुने बताए । १३ जिल्लाको क्रियाशील सदस्यताको विवाद नटुंगिएका कारण अन्य अधिवेशन प्रभावित हुने भए पनि केन्द्रीय महाधिवेशन भने समयमै सम्पन्न हुने प्रवक्ता शर्माले दाबी गरे । 

    ‘मंसिरको महाधिवेशन पर सार्नुपर्ने भएमा केन्द्रीय समितिमा छलफल गर्छौं, तर केन्द्रीय समितिमा महाधिवेशन सार्ने कुरा छलफलमा छैन । महाधिवेशन सार्नुपर्ने अवस्था पनि छैन,’ शर्माले भने । 

    प्रकाशित मिति :आश्विन ८ २०७८ शुक्रवार - १४:२३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij