Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

रौतहट बम काण्डका आरोपी पूर्वमन्त्री आलमको रिट ‘हेर्न नमिल्ने’मा

रौतहट बम काण्डका आरोपी पूर्वमन्त्री आलमको रिट ‘हेर्न नमिल्ने’मा


  • 4.6K
    Shares

    रौतहट बम काण्डका आरोपी पूर्वमन्त्री आलमको रिट ‘हेर्न नमिल्ने’मा
    images

    पूर्वमन्त्री मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि इजलासले ‘हेर्न नमिल्ने’ ठहर भएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएकोमा सो रिट निवेदन ‘हेर्न नमिल्ने’ ठहर भएको हो ।

    नेपाली काँग्रेसका नेतासमेत रहेका आलमलाई थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने गरी तल्लो अदालतले गरेको फैसलालाई चुनौती दिँदै आलमले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

    विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका आलमलाई तल्लो अदालतले थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने आदेश दिएकोमा आलमले धरौटीमा रिहा हुन माग गर्दै रिट निवेदन दिएका हुन् ।

    उनको रिट निवेदनमा यसअघि पनि पटक पटक पेसी तोकिएको थियो । यद्यपि सुनुवाइ हुन सकेको थिएन । करिब १४ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम काण्डमा आलमलाई मुख्य आरोपित बनाइएको छ । उनी रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । पक्राउपछि उनको सांसद पद निलम्बित छ ।

    प्रकाशित मिति :आश्विन ८ २०७८ शुक्रवार - १२:३१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij