Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सूचना टाँसेर राष्ट्रिय सभाको बैठक स्थगित, अर्को बैठक सोमबार बिहान ११ बजे

सूचना टाँसेर राष्ट्रिय सभाको बैठक स्थगित, अर्को बैठक सोमबार बिहान ११ बजे


  • 4.9K
    Shares

    सूचना टाँसेर राष्ट्रिय सभाको बैठक स्थगित, अर्को बैठक सोमबार बिहान ११ बजे
    images

    काठमाडौं । राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । शुक्रबार बसेको पहिलो बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो । तर, दोस्रो बैठक नबसी सूचना टाँसेर ११ असोज सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

    यसअघि शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७८ प्रमाणिकरण सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुनाएका थिए ।

    यसपछि आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गरिएपछि सभाध्यक्ष तिमिल्सिनाले शुक्रबारै बस्ने गरी १० मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर, बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो ।

    प्रकाशित मिति :आश्विन ८ २०७८ शुक्रवार - १२:१५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij