Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

ओलीले अध्यक्षबाट हटाए महरलाई, रामकुमारी झाक्री बसेको कुर्सीमा कसरी पुगिन् सुनिता

ओलीले अध्यक्षबाट हटाए महरलाई, रामकुमारी झाक्री बसेको कुर्सीमा कसरी पुगिन् सुनिता


  • 5.7K
    Shares

    ओलीले अध्यक्षबाट हटाए महरलाई, रामकुमारी झाक्री बसेको कुर्सीमा कसरी पुगिन् सुनिता
    images

    काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले अनेरास्ववियुको अध्यक्षबाट ऐन महरलाई हटाएर अध्यक्षको जिम्मेवारी सुनिता बराललाई दिएका छन् ।

    शनिबार काठमाडौंमा बसेको अनेरास्ववियुको केन्द्रीय सचिवालयको पूर्ण बैठकले अध्यक्ष ओलीको दवाव र निर्देशनमा महरलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो । ओलीकै दबाबमा अध्यक्षमा बराललाई चयन गरेको एक नेताले बताएका छन् ।

    संगठनको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी आरसी लामिछानेलाई दिइएको छ । उपाध्यक्षमा कल्पना वाइबा, यम पाण्डे, मोती बिक लगायत १२ जना चयन भएका छन् । महासचिवमा समिक बडाललाई चयन गरिएको छ ।

    उप–महासचिवमा नरेश रोकाय, सुदर्शन सिवाकोटी, नारायण घर्ती र गोविन्द गिरी तथा कोषाध्यक्षमा जेनीष लामालाई चयन गरिएको छ ।

    एमालेमा रहेका बेला रामकुमारी झाक्री पनि अनेरास्ववियुको अध्यक्ष बनेकी थिइन् । झाक्री बसेको कुर्सीमा बराल पनि पुगेकी छिन् । झाक्रीले ओलीका कारण एमाले छाडेर माधव नेपाल नेतत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेकी छिन् ।

     

    प्रकाशित मिति :आश्विन ३ २०७८ आइतवार - १३:०२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij