Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैनः संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैनः संयोजक दाहाल


  • 1.0K
    Shares

    • images
    नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैनः संयोजक दाहाल

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई पहिलो शक्तिबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । 

    उनले आफूहरु निर्वाचनमा केन्द्रित भइसकेको उल्लेख गर्दै देशभर नेकपालाई पहिलो शक्तिको रुपमा स्थापित गर्न एकतावद्ध भएर लाग्न नेता कार्यकर्ताहरुलाई आह्वान समेत गरेका छन् । आफूहरु उमेरले ७० वर्ष कटेपनि जेन–जेड पुस्ताभन्दा कम सक्रिय नरहेको टिप्पणी गरेका छन् । संयोजक दाहालले सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा रुपान्तरण गर्न पार्टी पूर्ण रूपमा प्रतिवद्ध रहेको पनि बताएका छन् ।
     
    उनले भने, ‘उमेरले ७० कटेपनि हामी जेनजीभन्दा कम सक्रिय छैनौं । हामी जेनजीभन्दा कम खटेका छैनौं । अब सुदूरपश्चिममा नेपाली कम्युनिष्ट पार्टीलाई एक नम्बर बनाउन कसैले रोक्नै सक्दैन । यो पार्टीलाई एक नम्बर बनाएर नयाँ इतिहास रच्ने अवसर गुम्न नदिनुहोला । सुदूरपश्चिमलाई समृद्ध सुदूरपश्चिम बनाउन हामी कुनै कसर बाँकी राख्ने छैनौं ।’

    उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग पार्टी प्रतिवद्ध रहेको पनि बताएका छन् । 

     

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - १७:३८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij