Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

संविधान जारी भएको आज ६ वर्ष पूरा, टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस

संविधान जारी भएको आज ६ वर्ष पूरा, टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस


  • 5.9K
    Shares

    संविधान जारी भएको आज ६ वर्ष पूरा, टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस
    images

    काठमाडौं । संविधान सभाबाट नयाँ संविधान जारी भएको आज ६ वर्ष पूरा भएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयता सहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

    ssss.jpg

    दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् ।

    sss.jpg

    टुँडिखेलमा आयोजित समारोहमा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।

    s.jpg

    संविधान दिवस सरकारले असोज दुई गतेदेखि चार गतेसम्म तीन दिने कार्यक्रम गरेर मनाइरहेको छ । आज मुख्य दिन घरघरमा दीपावली गर्न र राष्ट्रिय झण्डा फहराउन सरकारले सबै नेपालीहरुलाई आह्वान गरेको छ । 

    प्रकाशित मिति :आश्विन ३ २०७८ आइतवार - ११:१२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij