Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

उपत्यकामा ३९७ जनामा कोरोना संक्रमण पुष्टि, देशभर २५,४९७ जना सक्रिय संक्रमित

उपत्यकामा ३९७ जनामा कोरोना संक्रमण पुष्टि, देशभर २५,४९७ जना सक्रिय संक्रमित


  • 5.5K
    Shares

    उपत्यकामा ३९७ जनामा कोरोना संक्रमण पुष्टि, देशभर २५,४९७ जना सक्रिय संक्रमित
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  काठमाडौंमा २७४, भक्तपुरमा ५३ र ललितपुरमा ७० जनामा कोरोना संक्रमढा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ३८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो।

    स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ६६५ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ८६  र तीन हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा ४७२ जनामा संक्रमण पुष्टि भएको हो। 

    आज देशभर एक हजार ३५१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १० एक जना संक्रमितको मृत्यु भएको छ।

    देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २३ हजार ९५० होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ५४७ संक्रमित छन् भने  ३८६ जना आइसियुमा र ११७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २२६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :आश्विन १ २०७८ शुक्रवार - १६:४३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij