Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

काठमाडौंमा असोज ४ बाट भेरोसेलको दोस्रो डोज लगाइने, यी हुन् खोप केन्द्र

काठमाडौंमा असोज ४ बाट भेरोसेलको दोस्रो डोज लगाइने, यी हुन् खोप केन्द्र


  • 11.5K
    Shares

    काठमाडौंमा असोज ४ बाट भेरोसेलको दोस्रो डोज लगाइने, यी हुन् खोप केन्द्र
    images

    काठमाडौं । काठमाडौंका सबै स्थानीय तहमा ४ असोजबाट कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ।

    जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले शुक्रबार सूचना जारी गरि काठमाडौंका ११ वटै स्थानीय तहमा भेरोसेलको दोस्रो डोज लगाइने जनाएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार तीन दिन खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जनाएका छन्। भेरोसेलको दोस्रो डोज लगाउन स्थानीय स्थानीय तहका वडामा खोप केन्द्र तोकिएको छ।

    यससँगै काठमाडौं महानगरपालिकामा महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, बलम्बुस्थित शसस्त्र प्रहरी अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, महाराजगञ्जस्थित शिक्षण अस्पताल, बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल, थापाथलीस्थित परोपकार प्रसूती गृह एवं स्त्रीरोग अस्पताल र छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ।

    प्रकाशित मिति :आश्विन १ २०७८ शुक्रवार - १६:४०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij