Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

पछिल्लो २४ घण्टामा १५५८ संक्रमित थपिए, १० को मृत्यु

पछिल्लो २४ घण्टामा १५५८ संक्रमित थपिए, १० को मृत्यु


  • 5.7K
    Shares

    पछिल्लो २४ घण्टामा १५५८ संक्रमित थपिए, १० को मृत्यु
    images

    काठमाडौं । बितेको २४ घण्टामा देशभर १५५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १३५१ जना संक्रमणमुक्त भएका छन् । यस्तै थप १० जनाको मृत्यु हुँदा मृतकको कुल संख्या ११ हजार १२ पुगेको छ । 

    यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जना पुगेको छ ।

    संक्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भएका छन् । हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् । 

    प्रकाशित मिति :आश्विन १ २०७८ शुक्रवार - १६:१८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij