Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई

माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई


  • 4.4K
    Shares

    माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई
    images

    नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी  खोलेका माधवकुमार नेपाल यही दलमै फर्किने जिकिर गरेका छन्। 

    प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, "माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौं तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी विभाजन गर्नुभयो। यो राम्रो भएन। अरु कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्दछु।"

    सचिव भटृराईले पार्टीको कार्यकारी पदमा ७० वर्षको उमेर हद लागू गरिएपछि नयाँ पुस्ताले नेतृत्व गर्न पाउने विश्वाससमेत व्यक्त गरे। एमसिसीका विषयमा सरकारको आधिकारिक धारणा बाहिर ल्याउन जरुरी रहेको पनि सचिव भटृराईले बताए। 

    उनले गण्डकी प्रदेश सरकारले प्रस्ताव गरेको भनिएको आमसञ्चार विधेयकले स्वतन्त्र पत्रकारितामा अङ्कुश लगाउने भएकाले आफू यसको विपक्षमा उभिने स्पष्ट गरे। रासस

    प्रकाशित मिति :आश्विन १ २०७८ शुक्रवार - १५:२८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij