Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कारोबारको अन्तिम दिन ७६.६५ अंकले घट्यो नेप्से, ९ अर्ब ३ करोडको कारोबार

कारोबारको अन्तिम दिन ७६.६५ अंकले घट्यो नेप्से, ९ अर्ब ३ करोडको कारोबार


  • 5.8K
    Shares

    कारोबारको अन्तिम दिन ७६.६५ अंकले घट्यो नेप्से, ९ अर्ब ३ करोडको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकले घटेको छ । आज नेप्से ७६.६५ अंकले घटेर दुई हजार ८ सय १२ दशमलब ३९ विन्दुमा पुगेको हो । त्यस्तै, आज ९ अर्ब ३ करोड ३९ लाख बराबरको कारोबार भएको छ ।   

    नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयरमुल्य आज १० प्रतिशतले बढेको छ । 

    त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८.७७ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ३८ करोड भन्दा बढीको कारोबार भएको छ ।

    प्रकाशित मिति :भाद्र ३१ २०७८ बिहिवार - १५:१६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij