२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अहिलेको नेकपा एमाले २०७५ जेठ २ गतेको मात्रै नभएको बताएका छन् । बिहीबार काठमाडौं जिल्ला कमिटीको भेलामा उनले १० बुँदे सहमति रचनात्मक ढंगले कार्यान्वयन गर्ने बताए ।
“१० बुँदे सहमति सुझावको रुपमा आयो । पार्टी केन्द्रले यही स्प्रिटका साथ स्वीकार गरिएको हो । त्यहाँ उल्लेखित सुझावलाई सिर्जनात्मक र रचनात्मक ढंगले लागु गर्ने हाम्रो प्रतिबद्धता हो र त्यो प्रतिबद्धताबाट पार्टी नेतृत्त्व पछि हट्दैन्,” उनले भने, “ आजको एमाले जेठ २ गतेको एमालेमात्रै होइन । विकसित र एकता प्रक्रियासहितको एमाले हो भनेर बुझ्नुपर्छ । यान्त्रिक ढंगले २०७५ जेठ २ गते मात्रै भनियो भने साँचो अर्थमा विकसित भएको एमालेलाई बुझ्न सकिँदैन ।”
महासचिव पोखरेलले जेठ २ को बुझाइमा एक रुपता हुनुपर्ने बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij