Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आज विश्व ओजोन तह बचाउ दिवस, पृथ्वीको आयु घट्दै गएकोमा विज्ञको चिन्त्ता

आज विश्व ओजोन तह बचाउ दिवस, पृथ्वीको आयु घट्दै गएकोमा विज्ञको चिन्त्ता


  • 6.5K
    Shares

    आज विश्व ओजोन तह बचाउ दिवस, पृथ्वीको आयु घट्दै गएकोमा विज्ञको चिन्त्ता
    images

    काठमाडौं । आज विश्व ओजोन तह बचाउ दिवस, ‘खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राख’ भन्ने नाराका साथ मनाइँदैछ ।

    पृथ्वीमा कार्बनडाइअक्साइड धेरै हुँदा तापक्रम पनि बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । सन् १९८० को दशकयता विश्वमा ५० डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएका दिनहरुको संख्या दोब्बर भएको पाइएको छ ।

    यस्तै अत्यधिक तापक्रम मापन हुने क्षेत्रहरु पनि बढेका छन् । यसले मानिससँगै पारिस्थितिक प्रणालीमा असर गरेको छ । ६ लाख वर्षयता पृथ्वीमा कार्बनडाइ अक्साइडको मात्रा निरन्तर बढ्दा पृथ्वीकै आयु घट्दै गएको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

    जापान, अमेरिका, भारत, रुस, ब्राजिललगायत विकसित देशले ९५ प्रतिशत कार्बन उत्सर्जन गर्दछन् । ठूलाठूला उद्योग कलकारखानाबाट निस्किएको कार्बनको असर नेपाल जस्ता विकासशील देशहरूले पनि बराबरी भोग्नु परेको छ ।

    वनजङ्गल, सिमसार क्षेत्र र नदीनाला संरक्षण नै कार्बन उत्सर्जन घटाउने मुख्य उपाय हो । विश्वभरि उत्सर्जन हुने कुल कार्बनमध्ये नेपालले शून्य दशमलव २७ प्रतिशत मात्र उत्सर्जन गर्छ ।

    प्रकाशित मिति :भाद्र ३१ २०७८ बिहिवार - १४:०७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij