Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

राष्ट्रिय भूमि आयोग गठन, अध्यक्षमा निरौला नियुक्त 

राष्ट्रिय भूमि आयोग गठन, अध्यक्षमा निरौला नियुक्त 


  • 5.2K
    Shares

    राष्ट्रिय भूमि आयोग गठन, अध्यक्षमा निरौला नियुक्त 
    images

    सरकारले सुकुम्बासी समस्या समाधान गर्न भन्दै राष्ट्रिय भूमि आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेको हो ।

    नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरिएको हो । नवनियुक्त अध्यक्ष निरौलाले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाबाट शपथ ग्रहण गरेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरु समाधान गरिने बताए । उनले दलित भूमिहीन र भूमिहीन र अव्यवस्थित बसोवासीहरुको समस्या समाधान गरिने बताए । उनले सुकुम्बासीको नाममा धेरै समस्याहरु रहेको भन्दै यी सबै समाधान गरिने बताए ।

    ओली सरकारले गठन गरेको भूमि आयोगलाई देउवा सरकारले खारेज गरेको थियो । एमाले नेता देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरिएको थियो । ज्ञवालीले नेतृत्वको आयोगले ७७ जिल्लामा काम सुरु गरेको थियो ।

    प्रकाशित मिति :भाद्र ३१ २०७८ बिहिवार - १२:५६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij