२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार राति भेटवार्ता भएको हो ।
एमाले अध्यक्ष ओली बुटवलको कार्यकर्ता भेलालाई सम्बोधन गरेर फर्किएलगत्तै बालकोट नगई सिधै राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।
स्रोतका अनुसार उनीहरुबीच २ घण्टा लामो छलफल भएको थियो । उनीहरुबीच एमालेको आन्तरिक विषयमा छलफल भएको बुझिएको छ ।
प्रधानमन्त्री पदबाट हटेपछि ओलीले राजनीतिको पछिल्लो अवस्थाबारे राष्ट्रपति भण्डारीसँग परामर्श गर्ने गरेका छन् । गत साउन ८ गते पनि ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij