२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपाल वायु सेवा निगमको वाइडवडी जहाज आज बेइजिङ जाँदैछ । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप लिन वाइडवडी आज साँझ ५ः४५ बजे बेइजिङ जान लागेको हो ।
सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप यसअघि नै आइसकेको छ । खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन निगमको वाइडवडी ३३० जहाज आज बेइजिङ जान लागेको हो ।
विमान शुक्रबार बिहान भेरोसेल खोप लिएर नेपाल आइपुग्नेछ । यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र आज खोप ल्याउने बताइएको थियो । तर, पछि तालिका संशेधन गर्दै एक दिन पछाडि सारिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij