Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

संखुवासभा सामूहिक हत्याकाण्ड : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ

संखुवासभा सामूहिक हत्याकाण्ड : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ


  • 7.6K
    Shares

    संखुवासभा सामूहिक हत्याकाण्ड : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ
    images

    काठमाडौं । संखुवासभामा ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइसँग मृतकको मोबाइल फेला परेको छ ।

    मादी नगरपालिका–१, उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा उनका भाइ नरेशको साथबाट हत्या गरिएकी रञ्जना कार्कीले प्रयोग गर्दै आएको मोबाइल फेला परेको हो ।

    यही भदौ २१ गते ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, आठ वर्षीय विपीन कार्की र पाँच वर्षीया गोमा कार्कीको चिर्पटले हानेर हत्या गरिएको थियो ।

    हत्या गरिएकी रञ्जनाको मोबाइल नरेशको साथमा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले नरेशलाई पक्राउ नगरिएको र अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

    यसअघि, हत्या आरोपमा पक्राउ परेका लोकबहादुरले आफूलाई कार्की परिवारले निरन्तर हेप्दै आएकाले हत्या गरेको बयान दिएका थिए ।

    उनले तेजबहादुरलाई मात्रै मार्ने योजना बनाएको भए पनि आफ्नो पोल खुल्ने डरले देख्नेजति सबैलाई चिर्पटले हानेर हत्या गरेको र सो चिर्पट जलाएको प्रहरीसँग बताएका थिए ।

    प्रकाशित मिति :भाद्र ३१ २०७८ बिहिवार - ११:१८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij