२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । १२औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारबाट घर तथा घरपरिवार सूचीकरण सुरु हुँदैछ । कोरोना महामारीका कारण साढे तीन महिना धकेलिएको जनगणनाको प्रक्रिया सुरु भएको हो ।
राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तालिका अनुसार आज बुधबारदेखि १८ असोजसम्म घर तथा घरपरिवार सूचीकरणको काम हुनेछ । २७ र २९८ भदौमा तालिम प्राप्त गरेका ८ हजार ५ सय सुपरिवेक्षक सूचीकरणमा खटिने छन् । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।
विभागका निर्देशक ढुण्डीराज लामिछानेले ७७ वटै जिल्लामा एकसाथ घर तथा घरपरिवारको सूचीकरण हुने बताए । सूचीकरणमा व्यक्तिगत घरको प्रकार, घरको संख्या, तला र घरको प्रयोजन खुलाइनुका साथै प्रत्येक घर परिवारले पालेका पशु र पन्छीको संख्यासमेत गणना गरिनेछ ।
मूल जनगणना भने ५ कात्तिकदेखि ९ मंसिरसम्म हुनेछ । मूल जनगणनमा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने छन् । यसअघि १६ वैशाखमा सुपरिवेक्षक तालिम सुरु गर्ने, २६ देखि घरपरिवार सूचीकरण, १७ जेठबाट गणक तालिम, २५ जेठबाठ मूल गणना कार्य थाल्ने कार्यक्रम थियो । तर, कोरोनाका कारण स्थगित जनगणना फेरि सुरु भएको हो ।
नेपालमा विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता हरेक १०(१० मा जनगणना हुँदै आएको छ । यद्यपि, पाँचौ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पछि सम्पन्न भएको थियो ।
जसलाई ‘जनगणना २००९र११’ भनिन्छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख छ । हाल जनसंख्या बढेर ३ करोड ४६ हजार पुगेको अनुमान छ ।
तेस्रो लिङ्गीलाई पहिचान खुलाउन आग्रह
राष्ट्रिय जनगणना सुरु हुन लागेसँगै निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटी०ले फारममा उल्लेख गरेको महिला, पुरुष र अन्य लिंगीमा सम्पूर्ण समुदायको विवरण चढाउन अनुरोध गरेको छ। यस विषयमा स्थानीय सरकार, सुपरीवेक्षक र आमसमुदायलाई सहजीकरण गर्न सोसाइटीकी अध्यक्ष पिंकी गुरुङ अहिले धनकुटामा आएकी छन् । उनले तेस्रो लिंगीलाई आफ्नो पहिचान खुलाउन आग्रह पनि गरेकी छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij