Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

कहिलेदेखि खुल्दैछ दशैंको अग्रिम टिकट बुकिङ ?

कहिलेदेखि खुल्दैछ दशैंको अग्रिम टिकट बुकिङ ?


  • 6.5K
    Shares

    कहिलेदेखि खुल्दैछ दशैंको अग्रिम टिकट बुकिङ ?
    images

    काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन तयारी शुरु गरेको छ ।

    यातायात व्यवस्था विभागका सूचना अधिकारी डा। लोकनाथ भुसालले यसबारे यातायात व्यवसायहरुसँग छलफल भइरहेको बताउनुभयो । उहाँले दुई–तीन दिनमा दशैंको अग्रिम टिकट बुकिङ खुला गर्ने मितिको टुङ्गो लगाउने जानकारी दिनुभयो ।

    दशैंमा उत्पयका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न यातायात व्यवसायीसँग पहिलो चरणमा छलफल भइसकेको सूचना अधिकारी भुसालले बताउनुभयो । त्यस्तै अब एक–दुई दिनमा दोस्रो चरणको हुने उहाँले बताउनुभयो ।

    ‘दोस्रो चरणको छलफलमा यातायात व्यवसायीहरुले तयारी गरेर आउनुहुन्छ र टिकट बुकिङबारे निर्णय गर्छौं,’ उहाँले भन्नुभयो,‘तर, यति गतेबाटै बुकिङ खुल्ला गर्ने भन्ने निर्णय भएको छैन । हामी यहि शुक्रबारसम्म बुकिङ शुरु हुने मिति टुङ्गो लगाउछौं ।’

    दशैंको मौका छोपी सार्वजनिक सवारीले बढी भाडा लिने गरेको छ । त्यसलाई रोक्न र सहजसँग यात्रुलाई घर जाने वातावरण बनाउन विभागले व्यवसायीसँग समन्वय गरेर अग्रिम टिकट बुकिङ खुलाउने गरिएको छ ।

    प्रकाशित मिति :भाद्र २९ २०७८ मंगलवार - १४:५२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij