२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएको छ। सभामुख अग्नि सापकोटाले एमालेको अवरोधकै बीच विनियोजन विधेयक, २०७८ निर्णयार्थ पेस गरेका थिए।
संसद बैठक सुरु भए लगत्तै सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई समय दिएका थिए। कारवाही सुरु भएलगत्तै एमाले सांसदहरु प्रतिनिधि सभा अवरोधका लागि वेल घेर्न पुगेका थिए।
प्रतिनिधि सभाले शोक प्रस्तावसमेत पारित गरेको छ। मानबहादुर महतो र रुक्मशमशेर राणाको शोक प्रस्ताव पनि प्रतिनिधि सभा बैठकले पारित गरेको छ। कार्यसूचीमा रहेका दुई प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij