Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

चरित्रहत्या गर्ने २३ वर्षीय सुजन पक्राउ, अपराध थाहा पाउँदा प्रहरी नै तीन छक

चरित्रहत्या गर्ने २३ वर्षीय सुजन पक्राउ, अपराध थाहा पाउँदा प्रहरी नै तीन छक


  • 5.3K
    Shares

    चरित्रहत्या गर्ने २३ वर्षीय सुजन पक्राउ, अपराध थाहा पाउँदा प्रहरी नै तीन छक
    images

    काठमाडौं । प्रेमिकाको अपाच्य तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरी चरित्रमाथि दाग लगाउने काम गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

    दोलखा बैतेश्वरका २३ वर्षीय सुजन जिरेल पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, प्रेमसम्बन्ध सुरुवातका क्रममा प्रेमी–प्रेमिकाबीच भएका अन्तरङ्ग तथा गोप्य तस्बिर र भिडियो अभियुक्तले सार्वजनिक गरेका हुन् ।

    दुई जनाबीच मनमुटाव बढेपछि अभियुक्तले प्रेमिकाको मोबाइल नै खोसेर फेसबुक र इन्स्टाग्रामबाट उक्त तस्बिर तथा भिडियो सार्वजनिक गरेको जानकारी महाशाखा प्रवक्ता कृष्णप्रसाद कोइरालाले दि ।

    अभियुक्तलाई काभ्रे पाँचखालबाट पक्राउ गरी साइबर अपराधअन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २९ २०७८ मंगलवार - ११:२८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij