Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

प्रतिनिधि सभा बैठक बस्दै : के छ एमालेको रणनीति ?

प्रतिनिधि सभा बैठक बस्दै : के छ एमालेको रणनीति ?


  • 5.9K
    Shares

    प्रतिनिधि सभा बैठक बस्दै : के छ एमालेको रणनीति ?
    images

    काठमाडौं । पुनर्स्थापित प्रतिनिधि सभाको पाचौं बैठक बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

    मंगलबार बस्‍ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य सूची रहेको संघीय संसदको महासचिव डा। भरतराज गौतमले जानकारी दिए।

    अर्थमन्त्रीले विनियोजन विधेयक छलफलका लागि आह्वान गरेपनि एमालेले संसद् चल्न दिने छाँटकाँट छैन। मंगलबारको बैठकमा पनि एमालेले संसद्मा नाराबाजी गर्दै अवरुद्ध गर्ने तयारी भएको एमालेका एक सांसदले जानकारी दिए। चालु आर्थिक वर्षको बजेटका सम्बन्धमा जोडिएका विषयसमेत अगाडि बढाउनुपर्ने दायित्व छ। यही भदौ ३० गतेसम्म बजेट पारित गर्नुपर्ने बाध्यता छ।

    संसद पुनर्स्थापनापछि मुलुकले निकास पाउने आम आशा विस्तारै निराशामा परिणत हुँदैछ र राजनीतिक संक्रमणले झन् जटिल रुप लिएको छ। सभामुख अग्नि सापकोटाले संसद्को अवरोध हटाउन गरेको आग्रहलाई विपक्षी दल एमालेले अस्वीकार गर्दै आएको छ। कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३ बाट लगातार संसद् अवरोध गरिरहेको छ। अवरोधबीच सभामुख सापकोटाले संसद्मा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट छ।

    सोमबार सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक विपक्षी एमालेले बहिस्कार गरेको छ। सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसद् अवरोध गरिरहेको एमालेले सभामुखले बोलाएको बैठकसमेत बहिस्कार गरेको हो।  

    संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न सभामुख सापकोटाले सोमबार संसद्मा रहेका दलका शीर्ष नेताको बैठक बोलाएका थिए।  ‘सर्वदलीय बैठक समाधानका लागि भन्दा पनि सभामुखले देखाउनका लागि गरेको नाटक हो।

    त्यसैले बैठकमा सहभागी भएनौं।’ प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘समस्या एमालेसँग हो, गठबन्धनका नेताहरू राखेर बैठक किन बस्नुपर्यो ?’ पार्टीले कारबाही गरेका १४ जना सांसदको पद जोगाएर आफ्नो पार्टी फुटाउन सभामुख सापकोटाले भूमिका खेलेको भन्दै एमालेले संसद् अवरोध गरिरहेको छ।  सर्वदलीय बैठकमा एमाले विभाजन गरेर गठन भएको नेकपा (एस)का अध्यक्ष माधव नेपाललाई पनि आमन्त्रण गरिएको थियो।  नेपाललाई पनि आमन्त्रण गरिएकाले एमालेले बैठक बहिस्कार गरेको हो। 

    सभामुख सापकोटाले बैठकमा उपस्थितिका लागि एमाले अध्यक्ष केपी ओलीलाई पत्र पठाएका थिए। संसद्को अवरोध हटाउन सभामुखले १४ सांसदलाई पदमुक्त गर्नुपर्ने पार्टीको अडान कायमै रहेको बताए। सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल अनुपस्थित भएपछि सार्थक निष्कर्ष निस्कन सकेन। 

    एमालेले भदौ १ गते नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न सभामुखलाई पत्र पठाएको थियो।  एमालेले सभामुखलाई १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। एमालेका एक नेताका अनुसार १४ सांसदलाई कारबाही नगरे सभामुखले राजीनामा दिनुपर्ने सर्त अगाडि बढाउन लागेको छ। गत पुस ५ गते प्रधानमन्‍त्री ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनर्स्थापना गरेको थियो।

    प्रकाशित मिति :भाद्र २९ २०७८ मंगलवार - ११:०७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij