Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

किन हुन्छ माइग्रेन अट्याक, कसरी पत्ता लगाउने ? यी हुन् टाउको दुखाईबाट बच्ने उपाय

किन हुन्छ माइग्रेन अट्याक, कसरी पत्ता लगाउने ? यी हुन् टाउको दुखाईबाट बच्ने उपाय


  • 6.9K
    Shares

    किन हुन्छ माइग्रेन अट्याक, कसरी पत्ता लगाउने ? यी हुन् टाउको दुखाईबाट बच्ने उपाय
    images

    काठमाडौं । माइग्रेन एउटा यस्तो प्रकारको रोग हो जसमा टाउकोमा असह्य पीडा हुन्छ । सामान्यतयाः यो रोगमा टाउकोको आधा भाग मात्र दुख्छ । तर, कहिलेकाँही यो पीडा पूरै टाउकोभरी फैलिन्छ ।

    माइग्रेनको दुखाई कुनै पनि समय सुरु हुन्छ र यसको पीडा कम गर्न निकै मुश्किल हुन्छ । केही व्यक्तिहरूमा माइग्रेनले केही घण्टा हमला गर्दछ तर केहि व्यक्तिको लागि यसले यसले धेरै दिनहरूको लागि प्रभाव पार्दछ।पुरुषको तुलनामा महिलाहरु माइग्रेनको सिकार हुन्छन् ।

    माइग्रेनको कारण पत्ता लगाउने
    माइग्रेन अट्याकबाट बच्नका लागि सबैभन्दा पहिले यसलाई बढाउने कारण पहिचान गर्नुपर्ने हुन्छ । माइग्रेनको दुखाईलाई कहिल्यै बेवास्ता गर्नहुँदैन ।  कुन समयमा माइग्रेनको दुखाई कहिले हुन्छ पत्ता लगाउनुपर्छ ।

    तेज गन्ध, पानीको कमि, मदिराको सेवन, धेरै तनाव आदि कारण माइग्रेनको समस्या हुनसक्छ । मौसम बदलिने वा अन्य कारण पनि टाउकोको दुखाई बढ्छ । यसका लागि कारण के हो समयमा नै पत्ता लगाउनुपर्छ ।

    महिनावारीको समय
    महिलाहरुमा महिनावारीको समयले धेरै भूमिका निभाउँछ । केही महिलाहरुमा माइग्रेनका दुखाई महिनावारीको समयमा हुने गर्छ ।  महिनावारी हुने समयमा प्रोजेस्टेरोन र एस्टेरोजेन हर्मोनको मात्रामा उतार–चढाव हुने भएकाले माइग्रेनको दुखाई बढी हुने भएकाले चिकित्सकको सल्लाह लिन आवश्यक छ ।

    उच्च ध्वनी र होहल्ला 
    होहल्ला र उच्च आवाजले माइग्रेनलाई बढाउँछ । त्यसैले माइग्रेनको समस्या हुनेहरुले शान्त ठाउँमा बस्ने गर्नुपर्छ ।

    पौष्टिक खाना
    केही व्यक्तिहरुलाई पौष्टिक आहारको कमिले पनि माइग्रेनको दुखाई बढाउँछ । विशेषज्ञका अनुसार पौष्टिक आहारले शक्तिको मात्रा बढाउँछ । त्यसैले माइग्रेनको समस्या हुनेहरुले झोला, गाडी वा अफिसमा पौष्टिक आहार बोक्ने गर्नुपर्छ ।

    रोकथामको उपाय
    महिनामा १५ दिनसम्म माइग्रेनको दुखाई रहन्छ । यसको रोकथामका लागि चिकित्सकहरु ‘क्रोनिक माइग्रेन प्रिभेन्सन मेडिकेशन’ को सुझाव दिन्छन् । माइग्रेनको रोकथामका लागि धेरै उपचारहरु छन् । यसका लागि चिकित्सकसँग सल्लाह लिने गर्नुपर्छ ।

    यसका साथै, माइग्रेनको समस्या कम गर्नका लागि परिवारको सहयोग लिन सकिन्छ । परिवारको सहयोगमा पर्याप्त आराम दिन्छ । साथै, पर्याप्त मात्रामा निदाउनु पनि माइग्रेनको उपचार हुनसक्छ । निन्द्रामा कमी भएमा माइग्रेनको दुखाई बढ्छ ।

    प्रकाशित मिति :भाद्र २८ २०७८ सोमवार - १४:०९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij