Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

अबदेखि शनिवार र सार्वजनिक बिदामा पनि नर्भिकले ओपीडी सेवा दिने

अबदेखि शनिवार र सार्वजनिक बिदामा पनि नर्भिकले ओपीडी सेवा दिने


  • 4.6K
    Shares

    अबदेखि शनिवार र सार्वजनिक बिदामा पनि नर्भिकले ओपीडी सेवा दिने
    images

    काठमाडौँ । राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालले यो सातादेखि शनिबार र सार्वजनिक बिदाका दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।

    तीजको बिदाको दिन पनि नर्भिकले ओपीडी सेवा सञ्चालन गरेको थियो। यो क्रमलाई निरन्तरता दिँदै शनिबार र सार्वजनिक बिदाका दिनमा समेत ओपीडी सेवा सञ्चालनमा ल्याइने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए।

    उनका अनुसार व्यस्त काठमाडौँबासीको सुविधालाई ध्यानमा राखेर नर्भिकले शनिबार र सार्वजनिक बिदाका दिनमा समेत ओपीडी सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

    ओपीडीमा कुन कुन विशेषज्ञ सेवा दिने भन्नेबारे नर्भिकले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मबाट जानकारी गराउने उनले बताए।

    नर्भिकले ओपीडीको सन्ध्याकालीन सेवासमेत सञ्चालन गरिरहेको छ। यो सेवालाई समेत अझ व्यापक बनाउने तयारी भइरहेको मिश्रले जानकारी दिए।

    दैनिक कार्यालय जानुपर्ने बाध्यतामा रहेका व्यस्त सर्वसाधारणको सुविधालाई ध्यानमा राखी राति ८ बजेसम्म ओपीडी सेवा सञ्चालन गर्ने तयारी अस्पतालले गरेको छ।

    प्रकाशित मिति :भाद्र २८ २०७८ सोमवार - १४:०६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij