२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि आगामी असोज चार गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ ।
नोट काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय लगायतबाट बैंकहरूलाई उपलब्ध हुनेछ ।
बैंकहरूले आफ्ना ग्राहकका लागि सकेसम्म छुट्टै काउण्टरबाट नयाँ नोट वितरण गर्न दिन राष्ट्र बैंकले आग्रह गरेको केन्द्रीय बैंकका प्रवक्ता देव कुमार ढकालले लोकान्तरलाई जानकारी दिए । राष्ट्र बैंकले गत वर्षको दशैँमा कोभिड १९ महामारीका कारण नयाँ नोट वितरण गरेको थिएन ।
यसपाली भने महामारीलाई ध्यानमा राख्दै भीडभाड कम नगर्न असोज ४ गतेदेखि नै नयाँ नोट बाँड्ने तयारी गरेको प्रवक्ता ढकालले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij