Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

एकीकृत समाजवादी दर्ताविरुद्धको मुद्दामा अन्तरिम आदेशबारे आज सुनुवाइ हुँदै

एकीकृत समाजवादी दर्ताविरुद्धको मुद्दामा अन्तरिम आदेशबारे आज सुनुवाइ हुँदै


  • 4.4K
    Shares

    एकीकृत समाजवादी दर्ताविरुद्धको मुद्दामा अन्तरिम आदेशबारे आज सुनुवाइ हुँदै
    images

    सर्वोच्च अदालतले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको मुद्दामा अन्तरिम आदेशबारे छलफलका लागि सुनुवाइ तोकेको छ। सर्वोच्चले सोमबार न्यायाधीस दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा सुनुवाइ तोकेको हो।

    दल दर्ताविरुद्ध नेकपा ९एमाले०का अध्यक्ष केपी ओलीले वारेसनामामार्फत् भदौ १७ मा तीन रिट दर्ता गराएका थिए। रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसद पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरिएको छ।

    रिटमा सभामुख अग्नीप्रसाद सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेको छ। 

    रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले २२ भदौमा अन्तरिम आदेशबारे छलफलका लागि दुबै पक्षलाई बोलाउन आदेश गरेको थियो।

    प्रकाशित मिति :भाद्र २८ २०७८ सोमवार - ११:२३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij