Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने, एमालेका तर्फबाट सुवास नेम्बाङ सहभागी हुने

सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने, एमालेका तर्फबाट सुवास नेम्बाङ सहभागी हुने


  • 4.4K
    Shares

    सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने, एमालेका तर्फबाट सुवास नेम्बाङ सहभागी हुने
    images

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ः३० बजेका लागि बोलाइएको बैठकमा एमाले अध्यक्ष केपीशर्मा ओली नजाने भएका छन् । 

    सभामुख सापकोटाले बैठकका लागि पठाएको चिठ्ठी आइतबार नै बालकोट पुगिसकेको छ । ओलीले बैठकमा आफू नजाने बताइसकेको स्रोत बताउँछ । ओलीको सचिवालयका सदस्य रामशरण बजगाईंले भने बैठकमा पार्टीको तर्फबाट प्रतिनिधित्व हुने बताए ।
     
    एमालेले लगातार प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक डाकेका हुन् । बैठकमा संसदमा प्रतिनिधित्व गरेका दललाई बोलाइएको छ । 

    यता, एमाले मुख्य सचेतक विशाल भट्राईले बैठकमा जाने–नजाने टुंगो भइनसकेको बताउँछन् । सिंहदरबारमा त्यसबारेमा छलफल हुन लागेको उनले बताए ।

    प्रकाशित मिति :भाद्र २८ २०७८ सोमवार - ११:०२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij